‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री परिवार सिटी सेन्टरमा

 
 
भक्तपुर । चर्चित अभिनेता भुवन केसीले निर्माण गरेको चलचित्र क्यप्टेन हेर्न प्रधानमन्त्री के. पी. केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टर पुग्नु भएको छ । प्रधानमन्त्री ओलीले फागु पूर्णिमाको सन्दर्भ पारेर पिता र पत्नीसाथ हिजोसाँझ सो चलचित्र हेर्नु भएको हो । 
फुटबल खेलसँग आधारित कथावस्तु रहेको सो चलचित्रले  खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति  अन्त्यका लागि सन्देश दिएका कारण प्रधानमन्त्रीले चलचित्र हेर्ने ईच्छा देखाउँनु भएको बालुवाटार स्रोतले जनाएको छ । सो चलचित्रमा चर्चित युवा नायक अनमोल केसीको मुख्य भूमिका रहेको छ । एउटा राम्रो प्रतिभा भए पनि फुटबल क्षेत्रमा स्थापित हुन कति चुनौती र सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश चलचित्रले प्रवाह गरेको छ । चलचित्रमा मुलुकमा कानून र नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयमा देखिएको समस्याको पक्षलाई पनि उजागर गरेको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु