विनायक स्कूलद्धारा धिमे खललाई धिमे वाजा प्रदान

 
भक्तपुर । हाम्रो संस्कृति, हाम्रो सम्पति, हाम्रो परम्परा, हाम्रो गौरव भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कुलले आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा एकजोर भुस्या र एउटा धिमेवाजा प्रदान गरेको छ । स्थानीय कला, संस्कृति, परम्परा र जात्रा पर्वलाई हरेक पिढिले संरक्षणमा भूमिका खेलुन भन्ने उद्धेश्यले विद्यालयले विश्वविनायक धिमे खलःचपाचो र नित्यनाथ धिमे खलः भूलाखेललाई धिमेवाजा उपलव्ध गराएको हो । 
एक कायृक्रमका बीच प्रदेश सभा सांसद डा.राजेन्द्रमान श्रेष्ठ र विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सो वाजा हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रिन्सिपल प्रजापतिले सनातन संस्कृतिलाई बचाउन र संस्कृतिको संरक्षण गर्नका लागि विद्यालय स्थापना कालदेखि निरन्तर लागि परेको र अझ पनि लागिरहने बताउनुभयो । 
विस्केट जात्राको लागि धिमाय र भुस्या 
उता सूर्यविनायक नगरपालिका २ बालकोट स्थित बंगलामुखी बचत तथा ऋण सहकारीले बिस्केट जात्राको संरक्षण गर्ने उदेश्यले धिमाय बाजा प्रदान गरेको छ । बालकोटको बालविनायक बिस्केट जात्रा एवं बालविनायक धिमे खलःलाई जात्रामा अत्यावश्यक पर्ने नेवारी बाजा धिमाय र भुस्या प्रदान गरेको संस्थाका शिक्षा समिति संयोजक रबि श्रेष्ठले जानकारी दिनुभयो । 
आउँदो बैशाख १ गते बालकोटमा मनाईने विस्केट जात्रामा बाजा बजाउँदै टोल परिक्रमा गर्ने संस्कृति र परम्परालाई जोगाउन संस्थाले बाजा प्रदान गरेको श्रेष्ठको भनाई छ । जात्रामा युवा वर्गको आकर्षण बढाउन संस्थाले २०७४ र २०७५ सालमा मध्यपुरथिमिको लायकू धिमे खलः लाई दुई थान धिमे र एक थान भुस्या बाजा प्रदान गरिसकेको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु