भक्तपुरमा आज गथे मंगल पर्व मनाईदै


भक्तपुर । भक्तपुरका आदिवासी नेवास समुदायले आज गथे मंगल पर्व मनाउँदै छन् । परम्पर र संस्कृति संग जोडिएको यो पर्व जिल्लामा भव्य रुपमा मनाईन्छ ।  गथे मंगल पर्व भव्य रुपमा मनाउँने सन्दर्भमा नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखाले दुई दिनअघि एक अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा संस्कृतिबिद र पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सूर्यबिनाक स्थित् रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा गथे मंगल पर्व कसरी मनाइन्छ भन्ने बिषयमा इतिहासविद्हरुसँग छलफल भएको दवुका अध्यक्ष रामगोपाल तमखुले बताउँनु भयो । कार्यक्रमा डा पुरुषोत्तमलोचन श्रेष्ठले हरेक जात्रा प्रबृतिमा भर पर्ने भएको र गथे मंगललाई जसरी राक्षेसको उपमा दिने गरिएको छ त्यो गलत ब्याख्या रहेको उल्लेखगर्दै यो पनि भगवानको एक रुप भएको बताउंनु भयो ।


यो जात्रालाई किसान परिवारसँग जोडिएको पर्वका रुपमा ब्याख्या गर्न सकिने उल्लेखगर्दै श्रेष्ठले पर्वका समयमा बोलीने भाषामा अश्लीलताको प्रयोग हुने बिषय हरेक क्षेत्रबाट अध्ययन र अनुसन्धान गर्दा सकारात्मकै देखिएको बताउँनु भयो । गथे मंगल र घन्टाकर्णका बिषयमा पछिल्लो समयमा देखिएको फरक बुझाई गलत भएको श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा मध्यपुर थिमिका संस्कृति अध्ययनकर्ता राजेन्द्र तु श्रेष्ठले थिमिमा कसरी गथे मंगल मनाईन्छ भन्ने बारे जानकारी दिनु भएको थियो । मध्यपुर थिमि नगरमा १२ स्थानमा गथे मंगल मनाउने गरिएको उल्लेखगर्दै श्रेष्ठले गथे मंगललाई धार्मीक परम्परा अनुरुप मनाउने चलनसंगै यसलाई सफाई अभियानका रुपमा समेत लिन थालिएको जानकारी दिनुभयो ।
नेवा पत्रकार दबुका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जनले सञ्चार क्षेत्रले हरेक विज्ञहरुको भनाईलाई मात्र नभइ फरक धारबाट अध्ययन गरि त्यसको प्रस्तुती र जानकारी दिन सक्नु पर्नेमा जोड दिदै गथे मंगल पर्वको आफ्नो छुट्टै मान्यता रहेको र यसबारे अझ थप अध्ययन र अनुसन्धान जारी रहेकाले यसको उजागर तर्फ सञ्चार क्षेत्रले थप भूमिका खेल्न सक्नु पर्ने बताउँनु भयो ।
कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष शुसिल बन्धु थापा, भक्तपुर पर्यटन बिकास समितिका अध्यक्ष राम शुन्दर भेले लगायतले गथे मंगल पर्वको महत्वका बारेमा चर्चा गरेका थिए । कार्यक्रमका सभापति एवं नेवा पत्रकार राष्ट्रि दबु भक्तपुरका अध्यक्ष तमखुले जिल्लामा मनाइने गथे मंगल लगायतका जात्रा पर्वको संरक्षण र प्रर्वदनमा सरोकारवालाहरुलाई घच्घचाउन संस्था लागिपर्ने बताउनु भएको थियो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु