नृत्य प्रतियोगितामा सिनाई पहिलो


मध्यपुर थिमि । अन्तर विद्यालय नृत्य प्रतियोगितामा मध्यपुर थिमि नपा ४ बालकुमारीस्थित माउण्ट सिनाई इ.बो. स्कूल पहिलो भएको छ । जी सेभेन एजुकेशनल फोरमद्धारा आयोजित प्रतियोगितामा शंखधर मेमोरियल स्कूल दधिकोट दोस्रो र अमिनिटि इ. स्कूल कौशलटार तेस्रो भए । नृत्य प्रशिक्षक दीपक बज्राचार्यका अनुसार प्रतियोगितामा नृत्य प्रशिक्षकद्धय प्रदिपमान श्रेष्ठ र प्रेम श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । प्रतियोगितामा जी सेभेनका सबै सदस्य विद्यालयहरुले भाग लिएको कार्यक्रम संयोजक ज्ञान केशरी श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा जुनियर तर्फ पनि एकल छात्र र छात्रा प्रतियोगिता गरिएको थियो । विजयी विद्यार्थी र विद्यालयलाई मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले शिल्ड, पदक, प्रमाणपत्र एवं पुरस्कार प्रदान गर्नुभयो । शंखधर मेमोरियल स्कूलको प्रांगणमा सो प्रतियोगिता भएको थियो ।
 



प्रतिक्रियाहरु