विनायक स्कूलमा प्रतियोगितात्मक तिज कार्यक्रम


भक्तपुर । विनायक शिक्षा निकेतन ई.स्कुल मधयपुर ठिमीले आईतवार तिज कार्यक्रमको आयोजना गर्यो । विनायक इसिए क्लवको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । इसिए क्लवका अध्यक्ष शुभाञ्जन मल्ल तथा सचिव रोमिन लामाले सञ्चालन गरेको प्रतियोगितात्मक नृत्य प्रतियोगिताको निर्णायकमा महेश हाडा र बामुकुन्द प्रजापति रहनु भएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले समावेशीताका आधारमा विद्यालयले हरेक संस्कृतिलाई संरक्षण र सम्बर्धन गर्ने नीति अनुरुप तिज कार्यक्रम लगायत सम्पूर्ण सांस्कृतिक पर्वहरु मनाइने र सो सम्वन्धी ज्ञान प्रदान गरिने गर्दै आएको जानकारी गराउनु भयो ।
 



प्रतिक्रियाहरु