मदरल्याण्डमा साइबर क्राइम, लागुऔषध र मानव बेचबिखन सम्बन्धी अभिमुखिकरण


भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित मदरल्याण्ड स्कूलमा साइबर क्राइम, लागुऔषध र मानव बेचबिखन सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । विद्यालयका प्रिन्सिपल संजय खड्काका अनुसार, विद्यार्थीहरुलाई समयोपयोगी एवं व्यवहारिक शिक्षा प्रदान गर्दै आएको विद्यालयले पढाई संगै विद्यार्थीलाई चौतर्फी ज्ञान दिएर आत्मनिर्भर र असल नागरिक बनाउँने उदेश्यले सो कार्यक्रमको आयोजना गरेको हो ।


सूर्यविनायक नगरपालिका–९ का वडाध्यक्ष उपेन्द्रराज केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महानगरीय प्रहरी वृत्त जगाति भक्तपुरका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले मानव बेचबिखन एवं लागु औषध तथा साइबर क्राइम सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रनाउ जोशीले प्रशिक्षणका क्रममा पहिलो नम्बरमा लागु औषध, दोस्रोमा हातहतियार र तेस्रो नम्बरमा मानब बेचबिखन अपराधले विश्वलाई नै आतंकित बनाएका उदाहरण प्रस्तुतगर्दै त्यसलाई न्युनिकरण गर्न सबै सचेत र चनाखो हुनु पर्ने आवश्यक्ता औल्याए ।


कार्यक्रममा दलालले अनेक थरीका प्रलोभन देखाइ मानव बेचबिखन गर्दै आएका, लागू औषध सेवनबाट हुने हानी, नोक्सानी र साईबर अपराधका बारेमा उदाहरण सहित प्रशिक्षण दिइएको प्रिन्सिपल खड्काले बताउँनु भयो । सो अवसरमा यस्ता कार्यक्रम अन्य विद्यालयमा समेत लग्नु पर्ने माग आएको थियो । मदरल्याण्ड स्कुलले समय समयमा विद्यार्थी तथा अभिभावकलाई जीवनोपयोगी शिक्षा दिने उद्देश्यले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्दै आएको प्रिनिसपल खड्को भनाई छ ।
 



प्रतिक्रियाहरु