विनायकका विद्यार्थी आवाशीय सेमिनारमा



भक्तपुर । मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थी आवाशीय सेमिनारमा सहभागी भएका छन् । विद्यार्थीलाई ललितपुरको ठेचो बज्रवाराहीस्थित फुत मन्दिरमा ताइवानिज गुरुहरु लगायतले असल आचरण, जीवनोपयोगी शिक्षा, व्यावहारिक अवस्था, सु–संस्कार सम्बन्धी प्रशिक्षण दिएका हुन् । संस्थाका ललितपुर प्रमुख सानुकाजी मर्हजनले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञानका कुराका साथै विभिन्न खेल वा कार्यक्रमद्धारा मनोरञ्जन पनि दिनुभएको थियो ।
कार्यक्रममा अन्तर्गत विद्यार्थीलाई अनुशासनको व्यावहारिक प्रयोगका बारेमा पनि व्यवाहारिक ज्ञान दिइएको थियो । सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले खुब रमाइलो मानी आफ्नो सहभागिता जनाएका थिए । अनुशासनमा रही विद्यार्थीहरुले आफूले विभिन्न समूहमार्फत सिकेका ज्ञान र व्यवहारलाई प्रयोग गरेको प्रिन्सिपल सुरेन्द्र  बिक्रम प्रजापतिले बताउँनु भयो । कार्यक्रममा विद्यालयका ६० जना विद्यार्थी एवम् ५ जना शिक्षक–शिक्षिका सहभागी थिए ।
 



प्रतिक्रियाहरु