पुलिस स्कुल साँगा संस्थागत विद्यालयतर्फ राष्ट्रियस्तरमा दोश्रो


काठमाडौं । संस्थागत विद्यालयतर्फको माध्यमिक शिक्षामा  नेपाल पुलिस स्कुल साँगा राष्ट्रियस्तरमा द्वितीय स्थान हात पार्न सफल भएको छ । सौ विद्यालयले कक्षा १२ र कक्षा १० को परिक्षामा उत्कृष्ठ नतिजा ल्याएर दोश्रो स्थान ल्याएको हो । ४७ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल  पुलिस स्कुल साँगालाई दुवै विधातर्फ २–२ लाख रुपैयाँ नगद पुरस्कार, शिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले स्कुलका तर्फबाट सो पुरस्कार ग्रहण गर्नुभयो । पुरस्कार ग्रहणका अवसरमा विद्यालयका प्रधानाध्यापक, समादेशक तथा शिक्षकवर्ग, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।  सो अवसरमा राष्ट्रिरस्तरमा उत्कृष्ट हुने विभिन्न विद्यालय, क्याम्पस तथा शिक्षालयहरु समेतलाई विविध पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।
 



प्रतिक्रियाहरु