भक्तपुरमा करेन्ट लागेर मृत्यूू


भक्तपुर । भक्तपुरमा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका  ८ सरस्वती स्थान बस्ने ४६ बर्षकी नन्द कुमारी तिमल्सिनाको  गाईलाई घाँस दिने क्रममा भुईमा लत्रिएको बिजुलीको तारमा करेन्ट सर्ट भएर ज्यान गएको हो । प्रहरीका अनुसार, सो घट्ना सोमवार अपरान्ह भएको हो ।
सवारी दुर्घटनामा दुई गम्भिर घाईते
उता भक्तपुरकै सुर्यबिनायक नगरपालिका ५ सृजनानगरस्थित बस पकेटमा सोमवार सुर्यबिनायकबाट ठिमी तर्फ जादै गरेको बा ९६ प ६०६२ मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई जना गम्भिर घाईते भएका छन् । सो घट्नामा परेर पैदल यात्री र बाईक चालक घाईते भएका हुन् । घाईतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा मोटरसाईकल चालक भक्तपुर ८ च्यामासिंह बस्ने १७ बर्षको रोहण छुस्याबागलाई उपचारका लागी ट्रमा सेन्टर हुदै थप उपचारका लागी न्युरो अस्पताल, बाँसवारी लागिएको छ । पैदलयात्री मकवानपुर घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ४५ बर्षको गोपाल तिमल्सिनालाई थप उपचारको लागी ट्रमा सेन्टर पठाइएको छ । काठमाण्डौ रिफर गरिएको, दुवै जनाको स्वास्थ्य अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रियाहरु