जेष्ठ नागरिकहरुलाई शिक्षक संगठनको सम्मान


भक्तपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले शिक्षा दिवसका अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४०औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा संगठनले मध्यपुर थिमि–बोडेस्थित द्योमा जगत वृद्धाश्रमका वृद्धवृद्धाहरुको सम्मान गरेको हो । वृद्धाश्रमको सभाकक्षमा आयोजित कार्यक्रममा सोही ठाउँमा आश्रय लिइरहेका जेष्ठ नागरिकहरुलाई संगठनका तर्फबाट अध्यक्ष रामप्रसाद न्यौपानेले खादा तथा उपहार प्रदान गरी उहाँहरुको सम्मान गर्नुभएको हो ।


कार्यक्रममा जेष्ठ नागरिकहरुलाई माइक्रो ओभन, ग्यास चुल्हो, दाल, चामललगायत खानेकुरा प्रदान गरिएको थियो । अध्यक्ष न्यौपानेको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि सहकारी विज्ञ एवम् बचत तथा ऋण सहकारी संघका पूर्व केन्द्रीय अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग, वृद्धाश्रमका अध्यक्ष प्रेमचन्द्र अदुवा श्रेष्ठ, मोडर्न इंग्लिश स्कूलका संस्थापक प्रिन्सिपल अनिल कसपाल, शिक्षक संगठनका प्रदेश ३ का सदस्यद्वय जीवनाथ अधिकारी र सीता सुवेदी, नेपाल शिक्षक संघ भक्तपुरका उपाध्यक्ष एवम् आदर्श मा.वि.लायकु ठिमीका प्रधानध्यापक बुद्धि कुमार घो श्रेष्ठ र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लीलाप्रसाद तामाङले मन्तव्य राख्नु भएको थियो ।
अघिल्ला वर्षहरुमा शिक्षकहरुको सम्मान कार्यक्रम गर्दै आएको संगठनले यस वर्ष फरक कार्यक्रम आयोजना गरी शिक्षा दिवस मनाएको हो । सोही अवसरमा सामुदायिक विद्यालयतर्फ नेपालकै सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भक्तपुरको मेधा माविका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ भक्तपुरका अध्यक्ष गंगाधर हाडा तथा विद्यालयलाई शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा संगठनका उपाध्यक्ष सरस्वती बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सभाको सञ्चालन संगठनका सचिव गोविन्द ढुंगानाले गर्नुभएको थियो ।
 
 



प्रतिक्रियाहरु