कक्षा ११ को नतिजा आज प्रकाशित हुँदै


भक्तपुर । कक्षा ११ को परिक्षाफल आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा मंगलबार प्रकाशित गर्ने तयारी गरेको हो । बेलुकासम्म नतिजा प्रकाशित गर्ने तयारी गरेको बोर्डले जनाएको छ । नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र तयारीमा कुनै प्राविधिक त्रुटी नभए मंगलवार बेलुकासम्म नतिजा प्रकाशित हुने बोर्ड स्रोतले जनाएको छ । गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म भएको  परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए ।
 



प्रतिक्रियाहरु