लिटिल वल्र्ड इङ्गलिश स्कुलमा सरस्वती पूजा र रक्तदान

 
भक्तपुर । लिटिल वल्र्ड इङ्गलिश स्कुल दुधपाटी भक्तपुरले श्रीपञ्चमीको अवसरमा अक्षरारम्भ कार्यक्रम र खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोहि अवसरमा तेस्रो त्रैमासिक परीक्षाको परीक्षाफल वितरण र विद्यालयमा भर्नाहुन आएका साना नानीहरुलाई सरस्वतीको पूजा आराधाना गराएर अक्षरारम्भ गराइएको थियो । 
सो अवसरमा साना विद्यार्थी तथा अभिभावकलाई विद्यालयका प्रिन्सिपल कृष्णकुमार श्रेष्ठ तथा शिशु कक्षाकी संयोजक रिता हाछेथुले पुष्प गुच्छा र उपहार दिएर स्वागत गर्नु भएको थियो ।  श्रीपञ्चमीकै अवसरमा १७  छात्रा र १४ छात्रा गरी ३१  जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ । 
श्रीपञ्चमीकै अवसरमा विद्यालय प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रमको   आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा रक्तसंचार सेवाको  प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा सम्पन्न भएको थियो । विद्यालयका संस्थापक निर्देशक दिनेश थापाको संयोजकत्वमा संचालित रक्तदान कार्यक्रममा विद्यालयका संचालकहरु, शिक्षक शिक्षिकाहरु र अभिभावक गरी २४ जनाले रक्तदान गर्नुभएको थियो ।



प्रतिक्रियाहरु