सिरुटारको कुलमाया भगवती विद्यालयमा अपाङ्गमैत्री भवन


भक्तपुर । भक्तपुरको कुलमाया भगवती माविमा अपाङ्गमैत्री भवन निर्माण भएको छ । सूर्यविनायक नगरपालिका–१ विरुवा भक्तपुरमा चारकोठे पक्की अपाङ्कमैत्री भवन निर्माण सम्पन्न भएको हो ।
प्रधानाध्यापक मुरारी प्रसाद घिमिरेका अनुसार, पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र जिल्ला शिक्षा कार्यान्वयन इकाइको सहयोगमा सो भवन निर्माण भएको हो । भवन निर्माणका लागि ७० लाख रुपैयाँ खर्च भएको विद्यालयका प्रधानाध्यापक घिमिरेले जानकारी दिनुभयो । सो भवनको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बुधबार आयोजित एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा उप प्रमुख जुना बस्नेत लगायतले मन्तव्य राख्नु भएको थियो । २०२८ सालमा स्थानीय बासिन्दाको पहलमा स्थापना भएको सो विद्यालयमा एक सय ३५ विद्यार्थी अध्ययनरत छन् । बिद्यालयमा १७ शिक्षकले अध्यापन गराई राखेको प्रधानाध्यापक घिमिरेले बताउँनु भयो ।

 



प्रतिक्रियाहरु