भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी हुदै, तीन लाख पुस्तक राखिने


भक्तपुर । भक्तपुरमा तीन दिने पुस्तक प्रदर्शनी हुने भएको छ । फागुन २, ३ र ४ गते भक्तपुरको कमलविनायकस्थित लामगाल चौरमा हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक आरम्भ नेपालले जनाएको छ । पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । यस क्षेत्रमा अध्ययन संस्कृतिको बिकास गर्ने उदेश्यले प्रर्दशनीको आयोजना गर्न लागेको बताइएको छ ।
स्थानीय युवाहरुलाई स्थानीय स्रोत साधन प्रयोग गरी विभिन्न सीपमुलक तालिमहरु सञ्चालनका अलवा शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटनसंग सम्बन्धि विभिन्न कार्यक्रम आयोजना गरी सामाजिक  विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको संस्थाले पुस्तक प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनीका सहसंयोजक दिनेश प्रधानका अनुसार ‘अध्ययन गर्ने बानीले हामी भित्र असल मानवको गुण जन्माउँछ । यही कुरालाई  मनन् गर्दै भक्तपुर जिल्ला र वरीपरीका जिल्लाहरुमा बसोबास गर्ने नागरिकहरुमा असल अध्ययनको बानी र पुस्तक संस्कृतिको उत्थान गर्ने उद्देश्यले पुस्तक प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।
 प्रदर्शनीले विभिन्न विधा, विषय र क्षेत्रका किताबहरुलाई एकै स्थलमा जम्मा गरी किताब पारखीहरुलाई किताब किनेर पढ्ने वातावरण बनाउन सहयोग पु¥याउने आयोजकको लक्ष्य छ । प्रदर्शनीमा कला, संस्कृति, इतिहास, साहित्य, चिकित्सा, पकवान, दर्शन, आदि सम्पूर्ण विषयका किताबहरु एउटै स्थलमा उपलब्ध हुने बताइएको छ । प्रदर्शनीमा कम्तीमा पनि तीन लाख पुस्तकहरु प्रदर्शन गरिने आयोजकको दावी छ ।
प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले गर्ने कार्यक्रम रहेको छ । आयोजक संस्थाका अध्यक्ष बालकृष्ण बनमालाले प्रदर्शनीमा बिभिन्न प्रकाशकहरुको साथै फोटो प्रदर्शनी, नेवारी परिकारका खानाहरुको स्टल, भक्तपुरको कला संस्कृतिसंग सम्बन्धित चित्रकला÷मुर्तिकला प्रदर्शनी, नवदुर्गा जात्रासङ्ग सम्बन्धित मुकुन्डो प्रदर्शनी समेत रहने जनाए । ‘यसबाहेक ३ दिन प्रदर्शनीको दौरानमा हरेक दिन एउटा÷एउटा विशेष कार्यक्रम पनि हुनेछन् ।’उनले सो अवसरमा कथा वाचन कार्यक्रम, गजल तथा कविता वाचन कार्यक्रम, भक्तपुर महोत्सव र पर्यटन बारे अन्र्तक्रिया, बाल कविता प्रतियोगिता समेत हुने बताए ।



 



प्रतिक्रियाहरु