गए राति काठमाडौंमा भूकम्पको धक्का



भक्तपुर । गएराति राजधानी आसपासमा भुकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार राति १० बजेर ८ मिनेटमा सिन्धुपाल्चोकको फुल्पिङकोटलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा महसुस गरिएको थियो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु