सवारी दुर्घटनामा युवतीको मृत्यु


भक्तपुर । भक्तपुरमा भएको सवारी दुर्घट्नामा एक युवतीको ज्यान गएको छ । जिल्लाको मध्यपुर ठिमी नगरपालिका ५ पुरानो ठिमीमा बा.१२ च ५६४० नम्बरको पानी बोक्ने गाडीले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल मध्यपुर ठिमी नगरपालिका ६ पुरानो ठिमी बस्ने २५ वर्षीया ज्योती मगरको बिहीबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि मध्यपुर अस्पताल ठिमी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    उता चितवन, राप्ती नगरपालिका ७ खुरखुरेमा ना.६ ख १४४ नम्बरको ट्रक र ना.१४ प १६३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका ६ बस्ने २१ वर्षीय बिवेक चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय पृथ्वी कुँवर घाइते भएकोले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु