किशोरवयमा गर्भपतनको डरलाग्दो रुप

बिस बर्ष पारी, विहेवारी भन्ने त नेपाली समाजमा एउटा प्रचलित भनाई नै छ । यो भनाई त्यसै समाजमा ल्याइएको होइन । यसले विहे गर्नका लागि योग्य उमेरको निर्धारण गरेको छ । २० बर्षसम्मलाई किशोरावस्था भनिन्छ । किशोरावस्थामा शारीरिक र मानसिक दुबै रुपले मानिस परिपक्क हुँदैनन् । जब परिपक्क हुन्छन् तब विवाह गर्नुपर्छ । तर अहिले विवाहको यो हदलाई नाघेर यौन सम्बन्ध बनाउने, गर्भ रहने र गर्भपतन गराउने क्रम व्यापक रुपमा मौलाएको छ । यो एक सामाजिक दुर्घटना हो । यसले समाजलाई राम्रो नतिजा दिदैन 
। किशोरवयमा गर्भ बोक्दा, बच्चा जन्माउँदा त्यसले उनीहरुको स्वास्थ्यमा गंभरि असर पुग्छ । मानसिक रुपमा पनि यसको प्रभाव रहन्छ । ‘डेमोग्राफी एण्ड हेल्थ सर्भे २०११’ ले प्रकासन गरेको तथ्यांक अनुसार औसत महिलाहरुको बिवाह १७ दशमलव ५ बर्ष रहेको छ भने ७१ प्रतिसत महिलाको विवाह किसोरी अवस्थामा अर्थात १९ बर्ष नपुग्दै हुने गरेको छ । सोहि तथ्यांक अनुसार एक चौथाई महिलाहरुले १८ बर्ष नपुग्दै पहिलो सन्तान जन्माउने गरेकी छिन् भने ५० प्रतिसत महिलाहरुले २० बर्ष भित्र नै पहिलो सन्तान जन्माउने गरेकी छिन् । अमेरिकन कलेज अफ अब्सट्रिसिगन एण्ड गाईनोकोलाजिस्टले दिएको सन् २०१५ को प्रतिवेदन अनुसार अमेरिकामा मात्र बर्षेनी ७ लाख  ५० हजार किशारीहरु (टिनएजर) गर्भवती हुने गरेका छन् । यस मध्ये ८० प्रतिसत गर्भ अनिच्छित रहेको र ५० प्रतिसत भन्दा बढिले गर्भपतन गर्ने गरेको छ ।
 विश्व स्वास्थ्य संघ (डब्लु एच ओ) ले प्रकाशन गरेको सन् २०१४ को तथ्याङ्क अनुसार एक करोड छाठि लाख किशोरीहरु (१५ देखि १९ बर्षका) बर्षेनी गर्भवती हुने गरेको छ र १० लाख किसोरीहरु १५ बर्षमा नै आमा बन्ने गरेको छ । यी गर्भवतीहरु मध्ये ९५ प्रतिसत कम तथा मध्यम आय भएका मुलुकहरुका हुने गरेको छ । सोही तग्यांक अनुसार १५ देखि १९ बर्षका किसारीहरुका मृत्युको दोस्रो प्रमुख कारण गर्भको जटिलता र प्रसव रहने गरेको देखाएको छ । कम उमेरमा गर्भवती हुदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ हप्ता भन्दा अगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यस सम्बन्धि जटिल्ताहरु थपिने सम्भावना बढि रहेको हुन्छ । 
गर्भको जटिल्ताले आमाको स्वास्थ्यमा मात्र होईन गर्भको बच्चामा पनि प्रतिकुल असर गरेको हुन्छ । प्रेम, असुरिक्षत यौनसम्पर्क र सोहि कारणले केहि किसारीहरुले आत्महत्या समेत गर्ने गरेको पाईन्छ । यसलाई रोक्नका लागि संयमित यौन व्यबहार, परिवार नियोजनका साधनहरु तथा आकस्मिक गर्भनिरोधक साधनका बारेमा पुर्ण जानकारी, सुरक्षित यौनसम्र्पक आदि गर्भ रोक्ने उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।



प्रतिक्रियाहरु