असुरक्षित बन्दै चाँगुनारायण क्षेत्र

 भक्तपुर । चाँगुनारायण नगरपालिका–४ हलचाप, कुईंकेल गाउ“, नवाङगाललगायत क्षेत्र चिराचिरा परेर भासिएको छ । भूकम्पमा चर्किएको चा“गुनारायण क्षेत्र चिराचिरा परेर भासिदा पहिरोको जोखिम बढेको हो । हलचाप, कुईंकेल गाउ“, नवाङगाललगायतको करिब एक सयभन्दाबढी घर पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन् ।  
विश्वसम्पदा सूचीमा सुचिकृत चा“गुनारायण मन्दिरको उत्तरतर्फ मनोहराकिनार (सा“खु क्षेत्र), पश्चिममा मनोहराकिनारकै हलचाप, र दक्षिणतर्फको शंखदह पोखरी वरिपरीको क्षेत्र चिराचिरा मात्र परेको छैन । कतिपय स्थानमा भ्वाङ परेको छ । पछिल्लो समय चा“गुनारायण मन्दिर परिसरको उत्तर, दक्षिण र पश्चिम तीनै क्षेत्रबाट पहिरो जाने तथा भ्वाङ पर्ने क्रम बढदै गएकोले चा“गुनारायण मन्दिर भासिने जोखिम बढेको छ । चा“गुनारायण नगरपालिका–४ का वडा सदस्य दिनेश खनालका अनुसार, केही वर्षदेखि शंखदहवरिपरि भ्वाङ पर्दै गएकोमा पछिल्लो समय सो क्षेत्रको सल्लाघारीमा रूखको जरै उप्किएर ढल्ने गरी ठाउ“÷ठाउ“मा ठूला भ्वाङ परेका छन् । 
ऐतिहासिक महत्वको शंखदह क्षेत्र भासि“दै जानु र चा“गुनारायण क्षेत्रको विभिन्न स्थानमा चिरा परेर भासिनुले बस्ती र मन्दिर जोखिममा परेको स्थानीय बताउ“छन् । भूकम्पपछि चा“गुनारायण क्षेत्र थप जोखिममा परेको उनीहरूको गुनासो छ । चा“गुनारायण नगरको अधिकांश क्षेत्र बालुवाको ढिस्को भएकाले त्यसलाई व्यवस्थापन र संरक्षण गर्न नसक्दा भासिने जोखिम बढेको उनीहरूको बुझाई छ । बालुवाको ढिस्को कटान भएपछि कुइ“केल गाउ“, हलचाप बस्ती तथा भूकम्पले क्षतिग्रस्त चा“गुनारायण मन्दिर उच्च जोखिममा छ । प्रसिद्ध चा“गुनारायण मन्दिर संरक्षण तथा नगरको जोखिमयुक्त क्षेत्र बचाउन भूगोलकै अध्ययन गर्नुपर्ने स्थानीयको माग छ । 
विश्व सम्पदा सूचिमा रहेको चाँगुनारायण क्षेत्र जोखिममा परेको बताउँदै वडाध्यक्ष बुद्धिलाल महर्जन भन्नु हुन्छ, ‘सम्बन्धित निकायले जतिसक्दो छिटो यस्को अध्ययन थाल्नुपर्छ ।’ मर्हजनका अनुसार, भूकम्पपछि मन्दिर वरिपरीका अधिकाशं क्षेत्र भासिएको छ ।’ पछिल्लो समय २० वटा जारी हालेर रोकथामको काम गरेपनि त्यसबाट जोखिम न्युनिकरण हुन नसक्ने महर्जनको ठम्याई छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्व विभाग) भक्तपुरले भने भूकम्पपछि चा“गुनारायण क्षेत्र प्राकृतिक रुपमै भासि“दै गएको जनाएको स्वीकारेको छ । ‘मनोहरा कटान, अव्यवस्थित बालुवा, माटो उत्खनन्लगायतले चा“गुनारायण क्षेत्र पहिरोको उच्चजोखिममा परेको पुरातत्व विभाग भक्तपुर प्रमुख मोहनसिंह लामाले बताउनु भयो । मनोहरा कटान क्षेत्र र शंखदह क्षेत्रस्थित भासिएको स्थानको माटो परिक्षणका लागि इटालियन भू–गर्भविद्लाई पठाइएको लामाको भनाई छ ।



प्रतिक्रियाहरु