कसरी बन्ने बेलायती आर्मी ?

लाहुरे वन्ने प्रक्रियाका सम्वन्धमा धेरै अन्यौल तथा भ्रम व्याप्त छ । सहि दिशानिर्देशको अभावमा थुप्रै युवाहरुको ‘लाहुरे सपना’ तुहिने गरेको छ । त्यसैले यस विषयमा सत्य तथ्य वुझ्न आवश्यक छ । 
शारीरिक तन्दुरुस्ती, वौद्धिक क्षमता र चरित्रको मूल्यांकन गरेर लाहुरेका लागि योग्य व्यक्ति छनौट गरिन्छ । कसैलाई भ्रममा पारेर वा पैसा दिएर लाहुरे वन्छु भन्नु मूर्खतापूर्ण सोचाइ हो । पिटिआइ (फिजिकल ट्रेनिङ इन्स्ट्रक्टर), गल्लावाल कसैले पनि आफ्नो व्यक्तिगत चाहाना वा प्रयासमा लाहुरे वनाउन सक्दैन । यसमा आफ्नो क्षमता एवं पर्फमेन्स नै प्रमुख कुरा हो । 
‘दलाललाई पैसा दिएपछि भर्तीमा लगाइदिन्छ’ भन्ने प्रलोभनमा परेर लाखौ रुपैया“ डुवाएको किस्साहरु निकै सुन्न पाइन्छ । स्पष्ट कुरा के हो भने, लाहुरे वन्ने यो प्रक्रियाभित्र कहिपनि दलालको स्थान हुदैन । यसमा ‘दलालको चलखेल हुन्छ’ भन्ने कुरा निराधार छ । ढुक्क भए हुन्छ, स्वस्थ्य प्रतिस्पर्धावाट लाहुरेमा भर्ती हुन सकिन्छ । 
पछिल्लो समय लाहुरेका लागि पूर्व अभ्यास गराउने तालिम केन्द्रहरु सञ्चालनमा छन् । काठमाडौंमा १८, पोखरामा १६, धरानमा १२ र वुटवलमा ४ वटा तालिम केन्द्रहरु आधिकारिक रुपमा सञ्चालित छन् । यि तालिम केन्द्रहरुले लाहुरेका लागि आवश्यक तयारी कक्षा मात्र सञ्चालन गर्ने हो । भर्ती प्रक्रियामा यसको कतिपनि भूमिका हुदैन । ‘तालिम केन्द्रलाई पैसा खुवाएपछि भर्ती गराइदिन्छ’ भन्ने सोचाइ नराखे हुन्छ । यदि कुनै तालिम केन्द्रले यस किसिमको प्रलोभनमा पारी काम गरेको पाइएमा तुरुन्त उजुरी गर्न सकिन्छ । 
पूर्व अभ्यासका लागि शुल्क
यि तालिम केन्द्रहरुले लिनुपर्ने शुल्कको सम्वन्धमा पनि एउटा मापदण्ड तय गरिएको छ । नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनमा आवद्ध तालिम केन्द्रहरुले यसै मापदण्डलाई आधार वनाएर शुल्क लिने गर्छ । पहिलो चरणको तालिम ६ महिनको हुन्छ । यसका लागि ३० हजार रुपैय“ खर्चनु पर्छ । यस अघि पनि तालिम लिइसकेकालाई २० हजार रुपैया“ मात्र लिइन्छ । दोस्रो चरणको लागि भने विट्रिशको १२ हजार र सिंगापुरको लागि १० हजार रुपैया“ लाग्छ ।  
यस्तो छ प्रक्रिया 
लाहुरे भिड्नु अघि यसको केहि मापदण्ड पुरा गर्नुपर्छ । जस्तो, उमेर साढे १७ देखि २२ वर्ष भित्रको हुनुपर्छ, न्युनतम उचाई ५ फिट २ इन्च, तौल ५० केजी भन्दा वढी, छाती चौडाइ ३१ इन्च भएको (फुलाउदा २ इन्च वढ्ने), कन्ट्याक लेन्स प्रयोग नगरेको, छालामा मुसा नआएको, दा“त किराले नखाएको हुनुपर्छ । यसपछि एसएलसीमा कम्तीमा तेस्रो श्रेणीमा पास भएका प्रमाण सहित नागरिकता, एमआरपी, नागरिकता, आमा वुवाको नागरिकता (यदि आमाको नागरिकतामा वावुको नाम उल्लेख नभए विवाह दर्ताको प्रमाण माग्छ) पेश गर्नु पर्छ । 
पहिलो चरण 
यसको प्रारम्भिक छनौट पूर्वको धरान र पश्चिमको पोखरावाट हुन्छ । पहिलो चरणको छनौटका  लागि सहि कागजात पेश  गरेपछि  कम्तीमा १२ पटक हेभिङ, २ मिनेटभित्रमा कम्तीमा ७० पटक सेटअप, २ मिनेट ४५ सेकेन्डभित्रमा ८ सय मिटर दुरीको दौड पुरा गर्नुपर्छ । भदौ ४ ै आधिकारिक वेबसाइट मार्फत सार्वजनिक हुने नतिजामा नाम आएकाहरुले दोस्रो चरणमा प्रवेश गर्न सक्छन् ।   
दोस्रो चरण
दोस्रो चरणको छनौटलाई एआरओ भनिन्छ । यो पूर्वमा सेप्टेम्वर २ वाट र पश्चिममा सेप्टेम्वर ३० वाट प्रारम्भ हुन्छ । यसको अवधी २८ दिनको छ । यसका लागि विहान ५ वजेदेखि ७ वजेभित्रमा सम्वन्धित स्थानमा पुगिसक्नु पर्छ । यस चरणमा पहिलेकै कागजात जा“च हुन्छ । यहा“ वौद्धिकता पनि परीक्षण हुन्छ । विट्रिश आर्मीका लागि अंग्रेजी र गणित तथा सिंगापुर पुलिसका लागि थप नेपाली भाषामा परीक्षा हुन्छ । त्यसपछि आ“खा, नाक, कान, घा“टी, छाला, ब्लड प्रेसर, युरिन र छातीको परीक्षण गरिन्छ । यसमा पनि कम्तीमा १२ पटक हेभिङ, २ मिनेटमा कम्तिमा ७० पटक सेटअप, २ मिनेट ४५ सेकेन्डमा ८ सय मिटर दौड पुरा गर्नुपर्छ । यो चरणको नतिजा दुई हप्तापछि सार्वजनिक हुन्छ । 
अन्तिम चरण 
लाहुरेका लागि अन्तिम चरणको छनौट पोखरामा हुन्छ । पुर्व र पश्चिमको क्षेत्रिय प्रतिस्पर्धावाट उत्तिर्ण भएका (विट्रिश आर्मीका १ सय ७६ र सिंगापुर पुलिसका ६० जना)लाई पोखराको क्याम्पमा राखेर छनौट गरिन्छ । क्याम्पमा प्रवेश गरेदेखि नै उनीहरको विभिन्न पाटोको मूल्यांकन सुरु हुन्छ । यद्यपी धेरै सहभागीलाई आफ्नो गतिविधि निगरानी भैरहको सम्वन्धमा जानकारी हुदैन । केन्द्रिय छनौटमा ह्याभिङ, सेटअपको अतिरिक्त प्रतिस्पर्धीलाई २५ केजीको भारी वोकाएर ५ किलोमिटर दौडाइन्छ । डोको रेस भनिने यो दौड उनीहरुले ४८ मिनेटमा पुरा गर्नुपर्ने हुन्छ । त्यसैगरी ९ मिनेट ४५ सेकेन्डमा २४ सय मिटरको दुरी छिचोल्नु पर्छ । यसक्रममा उनीहरुलाई स्विमिङ पनि गर्न लगाइन्छ । फाइनल चरणका लागि छनौट हुनेहरुलाई करिब २५ दिनसम्म क्याम्पमा राखेर विभिन्न परीक्षण गरिन्छ । यसवाट पनि तोकिएको कोटा अन्र्तगत छनौट गरिन्छ । 
यि भ्रम हुन् 
–लाहुरेका लागि पैसाको चलखेल हुन्छ । 
–दलाललाई पैसा दिएपछि लाहुरे वन्न पाइन्छ ।
–नातावाद र कृपावादको भरमा भर्ती पाइन्छ ।
–तालिम केन्द्रले भर्तीका लागि भनसुन तथा पहल गरिदिन्छ ।
–मंगोलियन फेस मात्र उपयुक्त मानिन्छ ।
–शारीरिक वनौट राम्रो भएकोलाई प्राथमिकतामा राखिन्छ । 



प्रतिक्रियाहरु