भक्तपुर पुगेर बामदेवले भने, ‘तपाईहरु डिपीलाई जिताएर पठाउनुस्, मन्त्री बनाउने जिम्मा मेरो भो,’

 
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले उपनिर्वाचनमा प्रदेशसभाका उम्मेदवार देवीप्रसाद ढकाल (डिपी)लाई मन्त्री बनाउने प्रतिवद्धता जनाएका छन् । मनोनयन दर्तापछि विहीबार आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘तपाईहरु जिताएर पठाउनुस्, यहीपटक मन्त्री बनाउने काम पार्टीले गर्छ, त्यो जिम्मा मेरो भो ।’ 
 
नेकपाका सचिवालय सदस्य गौतमले सरकारले प्रत्येक महिना नयाँ–नयाँ काम गरेर देखाउने बताए । नेता गौतमले विकास निर्माणका काम अब परिणाम देखिने गरि शुरु भएको बताए । नेता गौतमले बितेका २ वर्ष कानुन, नियम निर्माण र सम्बृद्धिको जग बसाउने काममा बितेको बताउँदै अब प्रत्येक महिना जनतालाई यति काम भयो भनेर परिणाम देखाउने गरी सरकार अघि बढ्ने बताए ।
 
सरकारले सम्बृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पारेर छाड्ने बताउँदै उनले अबको तीन वर्ष विकास र सम्बृद्धिको वर्ष हुने दाबी गरे । उनले आगामी ३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने दावी गरे । गौतमले नेकपाका भक्तपुर प्रदेश १ (क) का उम्मेदवार डिपी ढकाल मृत्यु जितेर आएको व्यक्ति भएको बताउँदै उनको उम्मेदवारी प्रति अब नेकपामा कुनै समस्या नरहेको बताए । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु