विप्लव माओवादीका दुई जना कार्यकर्ता पक्राउ

 
भक्तपुर । भक्तपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले कालिकोटको रुक्सा गाउँपालिका–४ घर भई भक्तपुर बस्ने कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका–५, जुगार घर भई भक्तपुर बस्ने बुद्धिलाल पुनलाई पक्राउ गरेको हो । सोधपुछका क्रममा बोगटी र बुद्धिलाल दुवै विप्लव माओवादी भक्तपुरका पुर्वसेक्रेटरी हुन् । बोगटी र पुनलाई सोधपुछ गर्दा उनीहरुले प्रहरी कर्मचारीलाई गाली गलौज गरेका थिए । उनीहरुलाई प्रहरीले मुलुकी फौजदारी अपराध संहिता ०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहार मुद्धा चलाएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु