५ लाख क्रियाशील सदस्यलाई प्रशिक्षण तयारीमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना ५ लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने तयारी गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले प्रशिक्षण कार्यक्रमको कार्ययोजना अनुमोदन गरेको छ ।

बैठकमा प्रतिष्ठानका सदस्य एवं आधारभूत प्रशिक्षण पुस्तिका कार्यक्रम २०७६ का संयोजक केशव निरौलाले कार्ययोजना प्रस्तुत गरेका थिए । ७७ वटै जिल्लाका ६७४३ वडामा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि १० हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजनामा उल्लेख छ।

प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले ७७ वटै जिल्ला र १ सय ३० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरूलाई निर्देशन दिएका थिए । जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुले आआफ्नो धारणा राखेका थिए।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु