भक्तपुरको सवारी दुर्घटनामा एक नाबालकको मृत्यु


भक्तपुर । भक्तपुरमा शनिवार बिहान भएको सवारी दुर्घट्नामा एक नाबालकको ज्यान गएको छ । जिल्लाको चागुँनारायण न.पा. ९ स्थित जय ब्रम्हायणी ईट्टाभट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नं.को मिनी टिफरले बिहान करिव आठवजे ठक्कर दिदा सोही ईट्टाभट्टामा काम गर्ने जिल्ला सर्लाही जिरायल घर भएका बर्ष १९ को ईश्वर मोक्तानको छोरा १८ महिनाको शिशिर मोक्तानको ज्यान गएको हो ।
ठक्करबाट घाईते भएका उनलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गएको प्रहरी टोलीले मध्यपुर अस्पताल पु¥याएकोमा सम्बन्धित चिकित्सकले मृत्त घोषणा गरेका थिए । ठक्कर दिने सवारी साधन र सवारी चालक भक्तपुर जिल्ला भक्तपुर न.पा. ९ च्यामासिंह बस्ने बर्ष ४० को श्याम फैजुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु