सडक दुर्घटनामा मोटरसाईकल चालक श्रेष्ठको मृत्यु


भक्तपुर । भक्तपुरमा मंगलवार भएको सडक दुर्घटनामा एक जनाको जयान गएको छ । कोटश्वरबाट सूर्यविनायक तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ०३५९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ को मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार, मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा भएको मोटरसाइकल दुर्घटना ज्यान गुमाउँनेमा काभ्रेको पनौनी नगरपालिका–१२ रोशीका २२ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । स्कुटर चालक मध्यपुर थिमि–८ बोडेकी १८ वर्षीया इशा ढेकेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबाट सख्त घाइते मोटरसाइकल चालक श्रेष्ठको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको डीएसपी गिरीले जानकारी दिनुभयो ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु