यी देवर, जसले आमासमान भाउजुको हत्या गरे

तेह्रथुम । आठराई गाउँपालिका-४ ईवा तीनसल्लेकी २८ बर्षिया विन्दा पुरीको हत्यामा संलग्न निजका दुई जना देवरलाई प्रहरीले सोमबार सार्बजनीक गरेको छ । गत बिहीबार विन्दाको धारीलो हतियार प्रयोग गरी दुइै जना देवर मिलेर घाँटी रेटेर घरमै हत्या गरी फरार भएका थिए ।

२८ वर्षिया भाउजु बिन्दाको हत्यामा संलग्न बर्ष २५ को बालकृष्ण पुरी र बर्ष ३२ को सुरेन्द्र पुरीलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनीक गरेको हो । हत्यामा संलग्न दुवै जनालाई झापाको वुधबारेमा फेला पारी इलाका प्रहरी कायालय इटहरी मार्फत पक्राउ गरी जिल्लामा ल्याइएको प्रहरी नायब उपरिक्षक नविनकिशोर प्रधानले वताए । दुवै जना देवर मिलेर आर्थिक बिषय निकालेर भाउजुको हत्या गरेको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।

भाउजुको हत्या योजना बनाएर दुवै दाजुभाई झापा देखी गाडी रिजर्भ गरेर विन्दाको घरमा आएका थिए । शुरुमा डोरीले घाँटी कसेर हत्या गर्ने प्रयास गरेको तर मृत्यु नहुदै डोरी चुँडीए पछि साथमै ल्याएको छुरीले घाँटी रेटेर भाउजु विन्दाको हत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको प्रनाउ प्रधानले जानकारी दिए ।

हत्या गरीएकी बिन्दाका १० बर्ष र १५ महिनाका दुई छोराहरु छन् । उनका श्रीमान वैदेशीक रोजगारीका क्रममा दुवईमा कार्यरत छन् ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु