महिलासँग ठोक्किएको निहुँमा युवकको हत्या

रौतहट । रौतहटमा  एकजना युवकको हत्या भएको छ । जिल्लाको उतरपूर्वी बृन्दाबन नगरपालिका वडा–३ का १९ वर्षीय रविराम चमारले गत राति सामान्य विवादमा सोही वडाका १८ वर्षीय नन्दकिशोर राम चमारको पेटमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते नन्दकिशोरको उपचारको क्रममा रातिनै चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै डिएसपी रवि रावलको नेतृत्वमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले आरोपी रविराम चमार, उसको बुबा लक्ष्मी राम चमार र विधालाल चमारलाई नियन्त्रणमा लिएको छ । साथै घटनामा प्रयोग भएको छुरासमेत प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिएका छन् ।
 
मृतकको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको तथा घटना बारे थप अनुसंधान भैरहेको एसपी शाहले बताएका छन् । घटनाको प्रत्यक्षदर्शी तथा बृन्दाबन नगरपालिकाका मेयर रामस्नेही यादवका अनुसार वडा ३ बिश्रामपुर गाउँसँगै चमारजातीको बसोबास भएको राम टोल रहेको छ । रामटोलमा गएराति  नन्दकिशोर राम बाटोमा हिड्ने क्रममा एकजना महिलाको खुट्टामा ठोक्किन जाँदा विवाद सुरु भएको थियो ।
 
भनाभन र सामान्य हात हालाहाल हुँदै आरोपि रविराम चमारले अचानक तरकारी काट्ने छुरा ल्याएर नन्दकिशोर राम चमारको पेटमा प्रहार गरेको मेयर यादवले बताएका छन् । लगतै एम्बुलेन्स बोलाएर घाइतेलाई उपचारको लागि चन्द्रपुर पठाइ प्रहरीलाई खबर गरेको नगर प्रमुख यादवले जानकारी दिएका छन् ।
-मंसिर १६



प्रतिक्रियाहरु