नेपालमा पनि देखियो नयाँ कोरोना भाइरस, थप सचेत बनौं

काठमाडौं । नेपाल बेलायतबाट  आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएको छ । गत पुष १ गते देखि नेपाल आएका उनिहरुमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ प्रकारको भाइरस देखिएका मध्ये २ जना निको भई घर गएका र १ जना आइसोलेसनमा नै रहेको जानकारी दिए । 
 
बेलायतवाट आएका मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको थियो । ति मध्ये तीन जनामा नयाँ प्रकारको भाइरसको संकेत देखिएको भन्दै मन्त्रालयले श्वाव परीक्षणका लागि हंङ्कङ् पठाएको थियो । यस मध्ये २८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसकको तर ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायम रहेको जनाइएको छ । माघ ५ 



प्रतिक्रियाहरु