३ मिनेटमै सकियो प्रदेश सभा बैठक

विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक छोटो समय बसेर स्थगित भएको छ । पहिलो बैठकमा कविरव ३ मिनेटमात्रै बसेर सकिएको हो । 
बैठक सुरु भएलगत्तै सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुखको पत्र बाचन गरेर बैठक स्थगित भएको जानकारी गराएका छन् ।
 
 
सामान्यतया अधिवेशन सुरु भएको दिन दलका नेताहरुलाई सम्बोधन गर्न दिने चलन छ । अर्को बैठक कहिले बस्ने भन्ने सूचना समेत जारी गरिएको छैन । प्रदेश सभामुख भण्डारीका अनुसार दलहरुसँगको परामर्शका आधारमा अर्को बैठकको मिति तोकिने छ । 
 
 
नेकपा भित्रको कलहका कारण बैठक छोटो समय बसेर स्थगित गरिएको हो । नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो । माघ ७ 



प्रतिक्रियाहरु