पत्रकार राणा र श्रेष्ठ सम्मानित

भक्तपुर । नेपाल पत्रकार महांसघ जिल्ला शाखा भक्तपुरले दुई जना वरिष्ठ पत्रकारलाई सम्मान गरेको छ । शनिबार शाखाको २२ औं साधारण सभाको अवसरमा देशान्तर मिडिया गु्रपका निर्देशक तथा वरिष्ठ पत्रकार कविर राणा र राससका वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गरेका हो । वरिष्ठ पत्रकार राणालाई नगद १० हजार राशी रहेको स्वर्गीय भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । यसैगरि फोटो पत्रकार श्रेष्ठलाई नगद २ हजार ३ सय रुपैयाँसहित राशी रहेको  स्वर्गीय मैंयादेवी शिल्पकार स्मृति पत्रकारिकता पुरस्कारबाट सम्मान गरिएको हो । 
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले सम्मान गरेका हुन । 
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष विरहीले सरकारको पछिल्लो कदमले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा धरापमा परेको बताए । उनले भने ‘यसलाई जोगाउन पत्रकारहरुले चनाखो भई लाग्नुपर्ने समय आएको छ । ’
उक्त कार्यक्रममा सम्मानित पत्रकार रत्नकृष्ण श्रेष्ठले आफुले पाएको नगद पुरस्कारको रकममा पाँच हजार रुपैयाँ थप गरेर शाखाको भवन निमार्णकालागि दिएको बताए ।  साधारणसभाले महासंघको संस्थागत विकास र पत्रकारको हकहित र मर्यादित पत्रकारीताकालागि भावीकार्यदिशा तय गरेको पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले जानकारी दिएका छन् । -माघ १० 



प्रतिक्रियाहरु