नेकपा र सरकारलाई बदनाम गराउने र विवादित बनाउने गिरोह सक्रिय ः प्रचण्ड


भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी र सरकारलाई बदनाम गराउने तत्वहरु सकृय रहेको बताउनुभएको छ ।  मध्यपुरथिमिस्थित शंखधर साख्वाः को शालिकमा माल्र्यापर्ण एवंं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले त्यस्ता तत्वलाई  चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अघि बढ्नु पर्ने बताउँनु भयो । नेकपा र वर्तमान सरकारलाई बदनाम गराउने र विवादमा फसाउँने तत्वहरु सक्रिय रहेको उल्लेखगर्दै प्रचण्डले त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देश विकास र समृद्धिमा लागिरहने उल्लेख गर्नुभयो ।
परिवर्तन र प्रगति बिरोधीहरुले पार्टी एकता भांड्न खोजेको बताउँदै प्रचण्डले उनीहरु पार्टी एकता,पार्टीका नेता र सरकारलाई कमजोर पार्न लागिरहेको आरोप लगाउनुभयो । सरकार पटक पटक फेरिने प्रक्रियाको अन्त्यका लागि नेकपा बनेको चर्चा गर्दै प्रचण्डले देश राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको उल्लेख गर्नुभयो । राजनीतिक स्थायित्वको लागि दुई पार्टी एक भएको बताउनुहुँदै यसलाई सुदृढ गर्नु चुनौतिपुर्ण रहेको प्रचण्डको भनाई थियो ।
विकास ,समृद्धि र राजनीतिक स्थायीत्व बिरोधीहरु  बिरुद्ध जनताले आवाज उठाउनु र प्रतिवाद गर्नु जरुरी रहेको बताउदै प्रचण्डले नेपाल संंम्वतलाई नेवारहरुको मात्र संम्वत हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउदै यसलाई साझा संंम्वतका रुपमा लैजानु पर्ने औल्याउनुभयो । आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा गरेको तर व्यबहारमा अझै प्रभावकारी नभएको भनाई राख्दै अध्यक्ष प्रचण्डले शंखधर साख्वाबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानहरुको ३० हजारको ऋण मिनाहा गरिदिएको बताउनुभयो ।
कार्यक्रममा नेकपा नेता अग्नि सापकोटा, सांसद महेश बस्नेत, नेता हितमान शाक्य, मुक्ति प्रधान, प्रदेश नं.३ का कानुनमन्त्री शालिकराम जमरकट्टेल, मोर्चाका महासचिब देबेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेवाः मुक्ति मोर्चा नेपाका अध्यक्ष दिलिप प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा बिभिन्न सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु