आगामि ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यः थापा


भक्तपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बर्तमान सरकार जनताको चाहाना अनुसार सुखी नेपाली र संम्वृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन् । नेकपा चाँगुनारायण नगर वडा नम्बर ५ कमिटिले छालिङ्गमा  आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले देश, समाज, नगर, गाउँलाई संम्वृद्ध बनाएर जनतालाई दुःखबाट मुक्ती दिने उदेश्य अनुसार सरकार अघि बढेको थापाको भनाई थियो ।
नेपालमा पछिल्लो समय तिव्रगतिमा विकास भईरहेको र आर्थिक वृद्धिदर ७.१ प्रतिशत भन्दा बढी भएको दावीगर्दै थापाले १५ औं पञ्चवर्षीय योजनामा ८ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको उल्लेख गरे । आगामि ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य रहेको र १० प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर भए एक दशकमेै नेपाललाई संम्वृद्ध मुलुक बन्ने  गृहमन्त्री थापाको भनाई थियो ।
चालु आर्थिक वर्षदेखि आयातमा कमि आएको र निर्यात बढेकाले व्यापार घाटामा  कमि आएको उल्लेखगर्दै थापाले अव सरकारको ध्यान भौतिक पूर्वाधारमा कैन्द्रित भएको बताउँनु भयो । संघीय सांसद महेश बस्नेतले भक्तपुरमा विकास निर्माण तिव्र गतिमा भईरहेको र नेकपाको नेतृत्वमा रहेका स्थानीय सरकारले एउटा वडामा ३ करोड रुपैयाँ भन्दा धेरै बजेट विनियोजन गरेको बताए । वर्तमान सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार विकाशमा जोड दिएको बस्नेतको भनाई थियो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भक्तपुर नगरकोट सडकखण्ड समयमा नै निर्माण सम्पन्न नहुदाँ भम्रण वर्ष सन् २०२०लाई असर पर्ने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए । मिश्रले चाँगुनारयण नगरपालिकाभित्र दुई वर्षमा विकासका सम्पूर्ण पूर्वाधार निर्माण गरेर १३ हजार घरघुरीमा खानेपानी सुविधा पु¥याउने दावी गरे ।



 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु