भक्तपुरको उपनिर्वाचनमा २१ उम्मेदवार, तीन दलबीच कडा प्रतिस्पर्धा



भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत भक्तपुर–१ (क) प्रदेशसभा निर्वाचनका लागि २१ जना उम्मेदवार बीच प्रतिपर्धा हुने भएको छ ।  निर्वाचनमा ११ राजनीतिक दल र १० जना स्वतन्त्र उमेद्वारबीच प्रतिस्पर्धा हुने भएको हो ।
निर्वाचन आयोगका अनुसार, निर्वाचनमा सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा, राप्रपा संयुक्त, समाजवादी पार्टी, नेकपा माले, साझा पार्टी, नेपाली काँग्रेस (वीपी, आमूल परिर्वतन पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्ना उम्मेदरको मनोनयन दर्ता गरेका हुन् । निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट देवीप्रसाद ढकाल (डीपी), नेपाली काँग्रेसबाट कृष्णलाल भडेँल, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजु, राप्रपा (संयुक्त)बाट रामशरण लामिछाने र राप्रपाबाट श्याम प्रसाद नेपाल उम्मेदवारी दिएका छन् ।


त्यसगरि समाजवादी पार्टीबाट सुदर्शनकुमार मुनकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, साझा पार्टीबाट सुरज प्रधान, नेपाली काँग्रेस (बीपी)बाट मधुसुदन न्यौपाने, आमुल परिर्वतन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामा रहेका छन् । त्यसैगरि स्वतन्त्र उम्मेदवारहरुमा कृष्णप्रसाद ह्युगो, अर्जुन कोजु, जीवन नेपाली, कष्णराम पोतामाह, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, जीवनचन्द अधिकारी, संगीता पौडेल आर्चाय, सुजता देउजा रहेका छन् ।
२१ उमेद्वार भएपनि निर्वचनमा नेपाली कांग्रेस, नेकपा र नेमकिपाका उमेद्वार बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । भक्तपुर क्षेत्र नम्वर १ (क) अन्तर्गत चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिका वडानम्बर १० पर्दछ । यो निर्वाचन क्षेत्रमा ४५ हजार ३६ जना मतदाता छन । सो क्षेत्रमा २१ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । सो निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हरिशरण लामिछानेको मस्तिस्कघातबाट निधन भएपछि निर्वाचन हुन लागेको हो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु