वामदेव गौतमले भेटघाट बन्द गरे

काठमाडौं । हालै राष्ट्यि सभामा मनोनित भएका वामदेव गौतमले कोभिड १९ का कारण केही दिनलाई प्रत्यक्ष भेटघाट नगर्ने भएका छन् ।  गौतमको सचिवालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बधाई तथा शुभकामना दिनुहुनेप्रति कृतज्ञता व्यक्त गर्दै गौतमले केही दिनलाई प्रत्यक्ष भेटघाट रोकेको जनाएको हो । 
 
 
गौतमका स्वकीय सचिव दिपक टमाटाले जारी गरेको विज्ञप्तिमा ‘यहाँहरुले सामाजिक सन्जालमार्फत दिनुभएको बधाई शुभकामना स्वीकार गर्ने गरि हाल कोभिड–१९ को संक्रमणलाई ध्यान राख्दै उहाँको सचिवालयमा केही दिनलाइ प्रत्यक्ष भेटघाट रोकेको बेहोरा जानकारी गराउँदछु’ भनिएको छ । असोज २ 



प्रतिक्रियाहरु