सर्वोच्चको आदेशः ओली–प्रचण्डविरुद्धको मुद्दा तामेलीमा राख्नु

काठमाडौं ।  सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का  अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अवहेलनाको मुद्दा तामेलीमा राख्नआदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले तत्कालिन एमाले र माओवादी केन्द्रका अध्यक्ष रहेका ओली र प्रचण्डविरुद्ध झण्डै ३ वर्षअघि परेको मुद्दा तामेलीमा राख्न आदेश दिएको हो ।
 
 
‘सम्वन्धित व्यक्तिले समय गुजारेकाले उक्त मुद्दालाई तामेलीमा राख्न आदेश भएको हो’, सर्वोच्च स्रोतको भनाई छ । 
 
 
गत २०७४ साल मंसिर १० गते हुने तय भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छु्टटाछुटटै हुनुपर्ने र मतपत्र समेत फरकफरक हुनुपर्ने मागसहितको रिटमा अदालतको आदेशविरुद्ध अवहेलना हुनेगरी ओली र प्रचण्डले अभिव्यक्ति दिएको भन्दै मुद्दा परेको थियो । 
 
 
उनले ओली र प्रचण्ड दुवैलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरेका थिए । अदालतको पछिल्लो आदेशपछि यो मुद्दा अव अघि नबढ्ने भएको छ । २०७४ कार्तिक १३ गते तत्कालीन राजपाका नेता समेत रहेका सर्वेन्द्रनाथ शुक्लाले उक्त मुद्दा दर्ता गरेका थिए ।
असोज ६



प्रतिक्रियाहरु