आज भक्तपुरमा ७३ जना कोरोना संक्रमित थपिए

भक्तपुर । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले आज असोज १३ गते मंगलबार भक्तपुर जिल्लामा ७३ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि गरेको छ । संक्रमित बिरामीहरू भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा १४ जना, चाँगुनारायण नपामा ११ जना, सुर्यबिनायक नपामा २६ जना र मध्यपुर थिमि नगरपालिकामा १७ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी ५ जनासंग सम्पर्क जारी रहेको छ ।  देशभर कोरोनाभाइरस निको हुनेको संख्या ५५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको हो । यस्तै हाल देशभर क्वारेन्टिनमा ६७७८ जना रहेका छन् । 
यस्तै आज देशभर १५१३ जना संक्रमित थपिँदा काठमाडौंमा मात्रै ७४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११४  जनामा संक्रमण पुष्टि भएको छ । 
असोज १३ 



प्रतिक्रियाहरु