भक्तपुरमा निर्वाचित वडा सदस्यले नेमिकपामा छोडेपछि

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सयौं नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आज नेकपा भक्तपुरका जिल्ला कमिटी अध्यक्ष वचन देउजाको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा नेमकिपाका निर्वाचित जनप्रतिनिधिसहित नेता तथा कार्यकर्ता गरी करिव २०० भन्दा बढी नेमकिपा त्यागी नेकपामा प्रवेश गरेका हुन । नेमाकिपा भक्तपुर नगरपालिकाका वडा नं १ का निर्वाचित सदस्य विश्वराज शिल्पकारको नेतृत्वमा सयौं नेमाकिपाका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन ।
 
 
पार्टी प्रवेश गर्दै निर्वाचित वडा सदस्य शिल्पकारले नेपाल मजदुर किसान पार्टी विधि र पद्धतिमा भन्दा नि व्यक्तिवादमा चलेको, पार्टीले क्षेत्रगत दायरा बढाउन नसकेको, राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसकेको बताए ।
नेकपा बागमती प्रदेशका सचिव आनन्द पोख्रेलको प्रमुख अतिथ्य एवं भक्तपुर पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य दिलिप प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर एवं नेकपाका केन्द्रीय सदस्य सोम मिश्रलगायतका अतिथिहरुको उपस्थितिमा उनिहरुलाई पार्टी प्रवेश गराएका थिए । 
असोज २१



प्रतिक्रियाहरु