नयाँ मन्त्री नियुक्त गर्ने विषयमा ओली–प्रचण्डबीच सहमति भएन

काठमाडौं । रिक्त मन्त्रायलमा नयाँ मन्त्री नियुक्त गर्ने विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति हुन सकेन् । दुई अध्यक्ष ठोस मापदण्ड बनाउन असफल भएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन टरेको छ । असोज ४ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वयलाई मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड तय गर्ने जिम्मेवारी दियो । तर उनीहरुबीच कुन मापदण्डका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्नेमा पटक–पटक छलफल भएपनि कुरा नमिल्दा तत्काललाई यो विषय केही पर धकेलिएको हो ।
 
मन्त्रिपरिषद् पुनगर्ठनका लागि मापदण्ड तय गर्न असफल भएपनि दुई नेता रिक्त रहेका तीनवटा मन्त्रालयमा भने तत्कालै मन्त्री नियुक्त गर्न सहमत छन् । ओली र प्रचण्डबीच अर्थ, सूचना तथा सञ्चार र शहरी विकास मन्त्रालयमा एकदुई दिनभित्रै मन्त्री नियुक्त गर्ने सैद्धान्ति सहमति जुटेपनि कुन मन्त्रालय कसले लिने भन्नेमा भने मतभेद कायमै छ । 
‘मन्त्रीमण्डल पुनर्गठन तिहारपछि मात्रै गर्ने र खाली रहेका तीन वटा मन्त्रालयमा चाहिँ एक दुई दिनभित्रै भर्ने भन्ने कुरा बुझिएको छ’, प्रधानमन्त्री ओली निकट स्रोतको भनाइ छ ।  स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली अर्थ र सञ्चार मन्त्रालयमा पूर्व एमाले पक्षबाट मन्त्री बनाउन चाहन्छन् भने अध्यक्ष प्रचण्ड अर्थ र सञ्चारमध्ये एक मन्त्रालय पूर्वमाओवादीलाई दिनुपर्ने पक्षमा छन् । भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न म्याण्डेट दिएको थियो । असोज २२



प्रतिक्रियाहरु