नेकपा नेता देव गुरुङलाई कोरोना संक्रमण

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ । प्रमुख सचेतक गुरुङले आइतबार पीसीआर परीक्षण गराएका थिए । उनको परीक्षण नतिजा पोजेटिभ आएको जनाइएको छ ।
गुरुङ पत्नि यसोदा सुवेदीको भने रिपोर्ट आइनसकेको गुरुङको सचिवालयले जनाएको छ ।  पत्नी यशोदा पनि संघीय संसदको सांसद हुन् । सामान्य ज्वरो र खोकी भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमै आइसोलेट भएर बसेको गुरुङले रातोपाटीलाई जानकारी दिए ।
असोज २७



प्रतिक्रियाहरु