नेपाल आइडल विजेता रवि ओडको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत ‘ पिलाएर नशा’ सार्वजनिक गरिएको छ ।

रविले  गाएको यो गीतलाई गायक अर्जुन पौडेलले  लेखेका हुन् साथै गीतमा उनकै  संगीत रहेको  छ । केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ”बबाल” ले छोटो समयमै चर्चा कमाइरहेको छ।

भिडियोमा चर्चित मोडल अनि नयिका तथा मोडल बर्षा राउत र रन्जित  पौडेलले अभिनय गरेका छन् भने भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्का ले गरेका हुन । भिडियोमा बुद्द थापाको छायांकन ,बिकास दाहालको सम्पादन,समरा लामाको मेकअप  र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=puwZNEXH3Mw



प्रतिक्रियाहरु