बीरेन्द्र श्रेष्ठको ‘पिरती नाप्ने के ले हो ?’ सार्वजानिक

काठमाडौँ । गायक बीरेन्द्र श्रेष्ठ र गायिका टिका पर्साईको आवाजमा रहेको नयाँ गीत “पिरती नाप्ने के ले हो ?’ सार्वजानिक भएको छ । गीतको म्युजिक भिडियो तयार भए संगै विहिबार सार्वजानिक गरिएको हो । सांगीतिक क्षेत्रमा एकाएक फड्को मार्दै चर्चामा रहेका श्रेष्ठले चर्चित गायिका पर्साईसंग गाएको गीतको भिडियोमा चलचित्र होस्टेलकि नायिका रिस्ता बस्नेत र अर्को चलचित्र शान्तिका नायक सञ्जिब थेवेले रोमाञ्चक तवरले अभिनय गरेका छन् ।

संगीतकार दिपकराज विश्वकर्माले संगीत भरेको गीतको शब्द भने सृजना रबीन स्वप्निल गिरीको हो । सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको भिडियोमा रफ पहिरनमा देखिने सञ्जिब र बोल्ड अवतारमा प्रस्तुत रिस्ताको केमेस्ट्री सुहाएको देखिन्छ । निशान घिमिरेको निर्देशनमा बनेको भिडियोमा ताप्लेजुङको सिनाममा जन्म भई हङकङमा बसोबास गर्दै आएका बसन्त थेबेले लगानी गरेकाछन् ।

म्युजिक भिडियो र गीतलाई दर्शक एवम श्रोताले रुचाउने निर्माण पक्षको विस्वास छ । बरिष्ठ ईन्जिनियर समेत रहेका गायक श्रेष्ठका दर्जनौ गीतहरु बजारमा आईसकेकाछन् भने उनका गीतले निकै चर्चा समेत पाउने गरेकाछन् । यस अघि सार्वजानिक गीतहरु दर्शक तथा श्रोताद्धारा निकै रुचाईएकाले छोटो समयमा नै सांगीतिक क्षेत्रमा श्रेष्ठले फड्को मारेका हुन् ।



प्रतिक्रियाहरु