आफै असुरक्षित भएपनि अरुको सेवामा अव्वल जुद्ध बारुण यन्त्र भक्तपुर


भक्तपुर । जुद्ध बारुण यन्त्र भक्तपुर ७६ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा आयोजित एक समारोहमा बोल्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले कार्यालयका ३ कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गर्नुभयो । सम्मानित कर्मचारीमा फायरम्यान उमेश ढकाल,  मायानाथ दाहाल र कार्यालय सहयोगी निशा द्योला रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रजिअ भट्टले थप दमकल ल्याउन र कर्मचारीको सेवा सुबिधा बृद्धिका लागि पहल गर्ने बचन दिनुभयो । तत्कालिन राणा सरकारले तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरि २००१ सालमा स्थापना गरेर जुद्ध वारुण यन्त्र भक्तपुरमा (दमकल) संचालनमा ल्याएको थियो । भक्तपुर, काठमाण्डौं, ललितपुरदेखि काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिदै आएको भक्तपुर दमकलले यस अघिका चारवटा दमकल विग्रिएर जीर्ण भएपछि हाल मध्यपुरथिमि नगरपालिकाले दिएको एक र अर्को सिद्धिस्मृति अस्पतालले दिएको दमकल गरि दुईवटा दमकल र एउटा ट्यांकरबाट सेवा संचालन गर्दै आएको छ ।
    सो मध्य पनि एउटा दमक हालै बिग्रीएका कारण एउटा दमकलका भरमा सेवा दिनु पर्ने बाध्यता रहेको छ । कार्यालय प्रमुख राजनप्रसाद दाहालले कार्यालयका लागि एउटा सानो दमकल र केही कर्मचारी अपुग रहेको बताउनुभयो । उहाँले दमकलको सेवालाई थप चुस्त र दुरुस्त बनाउन भक्तपुरका ४ वटै नगरपालिकासँग पत्रचार र समन्वय गरिएको बताउँदै सहयोगका लागि सुर्यबिनायक नगरपालिकाले बिशेष चासो दिएको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका १, दूधपाटीमा रहेको दमकल कार्यालयले भोगचलन गर्दै आएको जग्गामा नयाँ भवनको टेण्डर हुने र निर्माणका क्रममा रहेको बताउदै दहालले दमकल र यहाँका कर्मचारी विगत चार वर्षदेखि भुकम्पले क्षति पु¥याएर रातो स्टिकर लगाएको भवनमा बसेर कामगर्दै आएका जानकारी दिनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधान, जुद्ध बारुण यन्त्रका सुचना अधिकारी विजय धौभडेल लगायतले दमकललाई नियमित रुपमा संचालन गर्नका लागि सबैले आवश्यक सहयोग पु¥याउनु पर्नेमा जोड दिनुभयो ।


 



प्रतिक्रियाहरु