घट्यो ग्यास र हवाई इन्धनको मुल्य, ग्यास अव प्रतिसिलिन्डर १,३५० रुपैयाँमा


भक्तपुर । संविधान दिवसको अवसर पारेर नेपाल आयल निगमले एलपी ग्यास र  हवाई इन्धनको मुल्य घटाएको छ । निगमले गएराति १२ बजेबाट लागू हुने गरी ग्यासमा प्रतिसिलिण्डर २५ रुपियाँ मुल्य घटाइएको हो । निगमले एक विज्ञप्ति जारी गर्दै निगम संचालक समितिको शुक्रवार साँझको निर्णय अनुसार मूल्य घटाइएको जनाएको छ । मुल्य घटेपछि सर्वसाधारणले ग्यास एक हजार तीन सय ५० रुपियामा पाउँने छन् ।
त्यसैगरी निगमले अन्तराष्ट्रिय उडान तर्फको लागि विक्री गर्ने हवाई ईन्धनको साविकको मूल्य प्रतिकिलोलिटर ५० डलर घटाएको छ । निगमले साविक प्रतिकिलोलिटर १०५० अमेरिकी डलरमा बिक्री गर्दै आएकोम अव  १००० अमेरिकी डलर प्रति किलो लिटर कायम गरिएको छ । निगमले अरु पेट्रोलियम पदार्थको भाउ भने यथावत राखेको छ । निगमले पाइपलाइन उद्घघाटनकै दिन पेट्रोल, डिजल र मट्टितेलको भाउ लिटरमा २ रुपैयाँ घटाएको थियो ।
 



प्रतिक्रियाहरु