प्रदेश पाँचका सबै पालिकामा वार्णिज्य बैंक, अव १६ गाउँपालिकामा पुग्न बाँकी




भक्तपुर । प्रदेश नं ५ का सबै पालिकामा वाणिज्य बैंकका शाखा खुलेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार,सात सय ५३ पालिकामध्ये अव बैंक पुग्न नसकेका पालिकाको संख्या १६ छ । बैंक स्रोतका अनुसार, पछिल्लो तथ्याँक अनुसार ७ सय ३७ पालिकामा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

सबै भन्दा बढी सुदुरपश्चिम पदेशका ६ पालिकामा बैंक पुग्न बाँकी रहेको छ । त्यसैगरी कर्णाली प्रदेशका चार,  प्रदेश २ र प्रदेश ३ का दुई–दुई, गण्डकी प्रदेश  र प्रदेश नं १ का एक–एक गाउँपालिकामा बैंकका शाखा पुग्न बाँकी रहेको छ । प्रदेश नं. १ का एक सय ३७ पालिकामध्ये एक सय ३६ पालिकामा बैंकका शाखा खुलेका छन् । प्रदेश नं २ मा एक ३६ पालिकामध्ये १३४, प्रदेश नं ३ का ११९ पालिकामध्ये ११७, गण्डकी प्रदेशका ८५ पालिकामध्ये ८४ मा ‘क’ वर्गका वाणिज्य बैंकको उपस्थिति देखिएको छ । त्यसैगरी कर्णाली प्रदेशको ७९ पालिकामध्ये ७५ र सुदूरपश्चिम प्रदेशको कूल ८८ पालिकामध्ये ८२ मा बैंकको शाखा खुलेका छन् ।

 
 



प्रतिक्रियाहरु