हुण्डी कारोवारमा संलग्न पक्राउ


मोरङ । हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा सुनसरी बर्जु गाउँपालिका ३ बस्ने २४ वर्षीय उमाकान्त रायलाई विराटनगर महानगरपालिका ४ कन्चनबारी चोकबाट प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले रायलाई विभिन्न दरका नगद १० लाख रुपैयाँ तथा प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १र१ थान सहित पक्राउ गरेको हो ।
रायलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उता धनुषामा सुन जस्तो देखिने धातुलाई सुन हो भनी क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा चोकस्थित बिकेटी ज्वेलर्समा बिक्री गर्न खोज्ने ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत गोरखपुर डेबरिया लारसमेमपुर बस्ने ५५ वर्षीय राम कुमार बर्मा, ६० वर्षीया शान्ति देवी र ३५ वर्षीया सिमा देवी रहेका छन् ।
सुन जस्तो देखिने धातुबाट बनेका कानको रिङ ६ थान, टप ६ थान, औंठी १ थान र लकेट १ थान उक्त पसलमा विक्री गरी ठगी गर्न खोजेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

 



प्रतिक्रियाहरु