पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई रुपियाँ बढ्यो


काठमाण्डौ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले बुधवार मध्यरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपियाँ बढाएको हो । बुधवार सम्पन्न निगम व्यवस्थापन समितिको बैठकले मुल्य बढाउँने निर्णय गरेको हो ।
भारतीय आयल कर्पोरेशनबाट पछिल्लो पटक प्राप्त मुल्यसूति बढेर आएपछि मुल्यबृद्धी गर्नु परेको निगमको भनाई छ । यो बृद्धीपछि पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मुल्य १ सय रुपैयाँ पुगेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै रहेको निगमले जनाएको छ ।

 



प्रतिक्रियाहरु