खेलमा फर्कियो नेपाली महिला फुटबल टिम

काठमाडौँ । नेपाली महिला फुटबल टोली १० महिनापछि  खेलमा फर्किएको छ । बुधबार राष्ट्रिय महिला लिग अन्तर्गत दुई विभागीय टोली आर्मी र पुलिस क्लबबीच खेल भएको छ । उद्घाटन खेलको पहिलो हाफ गोल रहित बराबरी भएको छ । आर्मी सुरुवातबाटै आक्रामक देखिए पनि  अग्रपंक्तिले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी भएको हो।
आर्मीविरूद्ध लय समात्ने प्रयास गरेको पुलिस क्लबले खेलको २७ औँ मिनेटमा पहिलो खेलाडी परिवर्तन गरेको थियो । जसमा सुनकला राईको स्थानमा रेखा पौडेल मैदान प्रवेश गरिन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दर्शकसहित लिग सुरु गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड१९) को जोखिम कायम रहे पनि एन्फाले लिग सुचारु गरेको हो । माघ ७ 



प्रतिक्रियाहरु