म्याराथनमा नेपाली सेनाको वर्चश्व

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि सेनाका रोकायाले जितेका हुन् ।nउनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पार गर्दै उपाधि जिते । बिजेता रोकायाले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो स्थानमा पनि नेपाली सेनाकैकै गोविन्दप्रसाद भट्टराई २ घण्टा ३३ मिनेट ४८ सेकेण्डको समयमा दौड पुरा गरे । सेनाकै धावक देवराज बस्नेत भने तेस्रो स्थानमा आए । उनले दौडलाई २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए । सेनाका धावकले वर्चश्व राख्दै पहिलो, दोस्रो र तेस्रो स्थान कब्जा जमाए ।
 
 
चौँथो स्थानमा भने पाँचथरका प्रताप ताम्सोहाङ रहे । उनले दौडलाई २ घण्टा ५४ मिनेट ८ सेकेण्डमा पुरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । म्याराथनमा विभिन्न जिल्ला एवं विभागीय क्लबका गरी २०९ जना धावकले प्रतिस्पर्धा गरेका थिए । विजेता म्याराथन धावकले २ लाख रुपैयाँ पुरस्कार पाए । उपविजेताले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार र सन्त्वना पुरस्कार स्वरुप प्रतापले २५ हजार रुपैयाँ पाएका छन् । त्यसै गरी महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीकी राजपुरा प्रसाईले जितेकी छन् । २१ किलोमिटरको दुरीलाई उनले १ घण्टा २७ मिनेट ८ सेकेण्डमा पुरा गर्दै उपाधि जितेकी हुन् । फागुन १



प्रतिक्रियाहरु