केराको जुसले घट्छ पेट !

स्वास्थ्य ।  दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गरिरहनु परेको हुनसक्छ। यस्तै एक समस्या हो मोटोपना । जसबाट बच्नको लागि हामी धेरै खालका उपायहरु पनि अपनाउछौँ । घन्टौँ जीममा पसिना बगाँउछौ र धेरै खालको शारीरिक अभ्यासहरु पनि गछौं तर पनि त्यसबाट छुटकारा पाउन सक्दैनौं ।
 
धेरै मानिस यस्ता हुन्छन् कि उनीहरु मोटोपना घटाउन खाना कम खान्छन तर यी मानिसहरुलाई यो थाहा हुँदैन कि यसले मोटोपना त कम हुनुको सट्टा अन्य कैयौं समस्याहरुको सामना गर्नुपर्छ । त्यस्तै यसले मोटोपना कम भइहाले पनि तपाईको अनुहारको चमक हराउने छ । हामी तपाईलाई यस्तो ड्रिंकको बारेमा बताउन गइरहेका छौं जसको मद्दतले तपाई सजिलै आफ्नो तौल कम गर्न सक्नुहुनेछ । केरा बाट बनेको यो ड्रिंक धेरै नै फाइदाजनक हुन सक्छ ।
 
तपाई अब सोचिरहनु भएको छ होला केरा खानाले कसरी तपाईको पेट कम होला तर तपाईलाई यो थाहा दिउ कि केरामा भरपुर मात्रामा पोषक तत्वहरु पाइन्छन् । यसमा पोटाशियम पाइन्छ जसले तपाइलाई मसल्स बनाउन मद्धत गर्छ, यसको साथै यसले तपाईको शरिरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले किन ढिलो गर्ने यसरी लिनुहोस केराको ड्रिङ्कको मजा ।
 
कसरी तयार गर्ने ?
आवश्यक सामग्रीहरुः
- एक चम्चा नरिवलको तेल
-एउटा पाकेको केरा
-एउटा सुन्तला
- एक चौथाइ चम्चा अदुवाको धुलो
-आधा गिलास चिल्लो नभएको दही
- दुई चम्चा बटर
- दुई चम्चा अलसीको बिउ
 
यसरी बनाउनुहोस्
 
सबैभन्दा पहिले ब्लेन्डरमा यी सबैकुरा राखेर राम्रोसँग ब्लेन्ड गर्नुहोस् । जब यो पेस्ट स्मुथ बन्छ त्यसपछि ब्लेन्डर बन्द गर्नुहोस् र यसलाई एउटा गिलासमा राखेर पिउनुहोस् । केही दिनमै तपाईको शरीरमा परिवर्तन देखिन थाल्छ ।



प्रतिक्रियाहरु