क्रिमले अनुहार बिगारिदिएपछि......

गिनी ।  सौन्दर्य प्रतियोगिताकी पूर्व बिजेताले स्विसको स्किन केयर उत्पादनलाई अदालतसम्म पुर्याएकी छिन् । उक्त उत्पादनले आफ्नो स्वस्थ रङ्गरुपलाई बिगारिदिएको र मोडलिङ करियर ध्वस्त पारिदिएको ती मोडलले आरोप लगाएकी छिन् ।  २५ वर्षीया मारियामो डियालोले मिस गिनी, मिस वेस्ट अफ्रिकाको उपाधि जितिसकेकी छिन् । मिस वर्ल्डमा पनि भाग लिएकी उनको तीन वर्षअघि सम्म पनि मोडलिङमा निकै सफल करियर थियो । तर जब उनले नयाँ स्किनकेयर उत्पादन प्रयोग गर्न थालिन् तब उनको अनुहारभरी दाग आउन थाले । उनी सन् २०१८ देखि कामका लागि भौंतारिरहेकी छिन् । उनका अनुसार उनको अनुहारमा देखिएको दाग निको हुन निकै समय लागिरहेको छ र यस्तो अवस्थामा उनलाई जागिर दिन कुनै कम्पनी पनि तयार छैनन् । अब डियालोले उक्त उत्पादनले करियर ध्वस्त गरिदिएको भन्दै मुद्दा दर्ता गरेकी छिन् । 
 
‘यो अनुहार देखेपछि मलाई कसैले जागिर दिँदैन,’ मारियामाले न्यूयोर्क पोस्टलाई भनिन् । ‘यसले मलाई निकै तनावमा पार्यो । म दिउँसो कतै पनि जान सक्दिनँ.... कसैले मलाई हेरोस् भनेर म चाहन्नँ पनि । मैले यसबारे मेरी आमालाई समेत बताइनँ किनभने मलाई उहाँले पनि यो अवस्थामा देख्नुहोला भन्ने चिन्ता छ । मैले आफूलाई सबैबाट टाढा राखेँ ।’ माघ ५



प्रतिक्रियाहरु