गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्धारा निशुल्क खाद्यन्न वितरण

अमेरिका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले शनिवारका दिन निशुल्क खाद्यन्न वितरण कार्यक्रम गरेको छ । कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित क्वीन्स टुगेदर संस्थाका सह-संस्थापक जनाथन फरगास संग यसै फाउण्डेशन ले सहकार्य गरी ३३ औं पटकको निशुल्क खाद्यन्न वितरण गरेको हो । 
 
गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टरले न्युयोर्कको क्वीन्समा रहेका समाजसेविहरु बिरेन्द्र मानन्धर,साड। टेम्बा शेर्पा, फुर्पा लामा शेर्पा, रेन्जेन शेर्पा,सन्जु शेर्पा, लाक्पा डोमा शेर्पा, सेरगेल्बु शेर्पा, कर्मा शेर्पा र पासाड, शेर्पा मार्फत खाद्यन्न वितरण गरेको थियो । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले क्वीन्स टुगेदर सँग सहकार्य गरी विभिन्न समुदायका २१५ जनालाई निशुल्क बासमति चामल, कालो दाल, रातो दाल, गहतको दाल, प्याज,आलु र गाजॅंर वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी दिएका छन् । 



प्रतिक्रियाहरु